Section 92
सम्पत्ति बिक्री गर्ने अधिकार
राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही लिक्विडेटरले बाध्यात्मक खारेजी प्रक्रियामा गएको बैंक वा वित्तीय संस्थाको साहुको स्वीकृत दाबीको सुरक्षण बापत दिइएको सम्पत्ति लगायत त्यस्तो बैंक वा वित्तीय संस्थाको अन्य सम्पूर्ण सम्पत्तिलाई देहाय बमोजिम लिलाम बिक्री गर्न गराउन सक्नेछः– (क) बजारमा सजिलैसँग बिक्री गर्न सकिने धितोपत्र, विदेशी मुद्रा वा बजारमा तुरुन्तै बिक्री हुन सक्ने सम्पत्तिलाई कारोबार हुने स्थानमा, (ख) साहुको कर्जा सुरक्षण बापत दिएको बजारमा सजिलै बिक्री हुने धितोपत्र, विदेशी मुद्रा वा अन्य सम्पत्ति धितो लिने साहुहरु स्वयंले बिक्री गर्न, (ग) सम्पत्ति लिलाम बिक्री गर्दा मनासिब मूल्य प्राप्त हुँदैन भन्ने लिक्विडेटरलाई लागेमा अन्य कुनै पनि तबरबाट बिक्री गर्न, (घ) राष्ट्र बैंकले तोके बमोजिम अन्य व्यवस्था गर्न ।